झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको छ । सरकारका महत्वपूर्ण आयोजना मध्येको एक ठुलो योजना मानिएको उक्त पुलको निर्माण निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको हो ।
बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि निर्माण थालिएको उक्त पुलको गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । पुलको उद्घाटन झापा क्षेत्र नं. १का सांसद तथा नेपाली कांग्रेसका माहामन्त्र विश्वप्रकाश शर्माले आज गरेका छन् । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ ।
५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाडौंले निर्माण सम्झौता गरेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा डेढ वर्ष अगावै निर्माण सम्पन्न भएपछि स्थानीयहरू खुसी भएका छन् ।
सङ्घीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेन्डर प्राप्त व्यवसायीको इमानदारी अनि मेहनती श्रमिकहरूको रातदिनको खटाइका कारण निर्धारित समयभन्दा धेरै अगावै योजना सम्पन्न भएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य शर्माले बताए ।
९० मेट्रिक टन भारवहन क्षमता रहेको यो झोलुङ्गे पुलले एक पटकमा ६ सय ४७ पदयात्रीको भार थेग्न सक्ने बताइएको छ । बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुलले आवतजावतमा सहजता ल्याउनुका साथै पालिकामा नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । अहिले दैनिक सयौँको सङ्ख्यामा पुलमा फोटो खिच्न र टिकटक बनाउन पर्यटकहरू आउने गरेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...
-
भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख भन्दा बढीकाे फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात...












