पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा रू एक सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत रू एक सय १३ खर्ब ३२ अर्ब ४५ करोड गरी कूल रू एक सय २४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको छ । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।
अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायत उपकरणहरूमार्फत खुद रू तीन सय ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी रू दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ । त्यस्तै यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी रू दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको रू छ खर्ब आठ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रू ७८ अर्ब ८१ करोड गरी कूल रू छ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाह भने सुस्त देखिएको छ । पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू एक खर्ब ७२ अर्ब ३२ करोड अर्थात् दुई दशमलव सात प्रतिशतले बढेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् साढे तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू एक खर्ब १० अर्ब १ करोडले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा भने मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौ ९ प्रतिशत रहेको थियो ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव छ । विकास बैंकहरूको दुई दशमलव सात र वित्त कम्पनीहरूको कर्जा प्रवाह चार दशमलव तीन प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव एक प्रतिशत रहेको छ ।
पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच र उपभोग्य क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने शून्य दशमलव सात प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...