सात करोडको काठ वन कार्यालयमै कुहिँदै
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौदेखि थन्किएको छ ।
“ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ”, प्रमुख साहले भने । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई सय, ‘बी ग्रेड’को रु नौ सय र ‘सी ग्रेड’को रु छ सय ५० मा बिक्री हुँदैआएको छ ।
नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताए । नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उनको भनाइ छ ।
जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०/८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ । चालु आव २०८१/८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ । एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताए । उनले भने, “पाँच पटकसम्म ठेक्का रद्द भएको छ । दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन् ।”
बर्सेनि चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ । तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ । आफ्नो काठ जङ्गलमै कुहाएर बजारमा कृत्रिम अभाव खडा गर्दै विदेशबाट काठ आयात भइरहेको व्यवसायीको आरोप छ । विदेशी काठको आयात रोक्न स्वदेशमा उत्पादित काठको सदुपयोग र प्रयोग बढाउँदै जानुपर्ने व्यवसायीहरुको सुझाव छ ।
Comments
अरु समाचार
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
बाल विवाह सामाजिक समस्या: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन...
-
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
काठमाडौं । केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
काठमाडौं । जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ ।...
-
इलाममा कुटपिटबाट एकजनाको मृत्यु
काठमाडौं । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले...
-
एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको वृहत बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माघ १९ गते शनिबार...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ
संखुवासभा । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ सर्वसम्मत चयन भएका छन् । आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले चापागाईको...