भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ।
भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन्। विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ।
छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, “सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ।”
अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्।
सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ । मुठभेडमा सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन्।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लापछि नक्सलवादी भनेर चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित मानिन्छन्।
गत वर्ष करिब एक हजार सन्दिग्ध नक्सलवादीलाई पक्राउ गरिएको थियो भने ८३७ जनाले आत्मसमर्पण गरेका थिए।
भारतका गृहमन्त्री अमित शाहले सन् २०२६ को मार्चसम्म नक्सलवादी विद्रोहीलाई पूर्णरूपमा परास्त गर्ने पटक पटक घोषणा गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ...
-
पाकिस्तानी फुटबल संघ फिफाको निलम्बनमा
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको...
-
स्विडेनमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु
काठमाडौं । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। प्रहरीले बुधबार घटनामा बन्दुकधारी पनि...
-
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो
काठमाडौं । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत...
-
युरोपेली संघलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गर्नुभएको छ...
-
सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार...
-
अमेरिकाले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर उठाउन थाल्याे
वासिङटन डीसी । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...