कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल फुटाउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर झूट र नकारात्मकता फैलाइएको गुनासो गरे ।
कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको पनि उनले स्पष्ट पारे । विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आए संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको बताए ।
तर विरोध भएपछि फिर्ता लिएको बताउँदै तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने व्यवस्थासहित दल विभाजन गराएको उनले स्मरण गरे । आफू त्यस्तो कु-कर्म गर्ने मनसायमा नरहेको जवाफ उनले दिए ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस विरोध भयो भन्ने झूटो वक्तव्य प्रचार गरिएका घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उल्लेख गरे ।
बाँकी अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको जिकिर गरे ।
‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन’, उनले भने, ‘देशको हितमा खुलेआम काम गर्ने हो । राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र?’
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












