सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले लिए कार्यप्रगतिबारे जानकारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।
आज बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
हालसम्म तीन जना मन्त्रीले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले बताए ।
‘‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ ।,’’ मन्त्री चौधरीले भने, ‘‘के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’’
चौधरीले सरकारले जारी गरेका अध्यादेशको बारेमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्यूरोलाई दियो निर्देशन
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। संघीय...
-
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकाे विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयको विरोधमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू...
-
रास्वपा केन्द्रीय समितिको बैठकः प्रतिनिधिसभाका उम्मेदवार टुङ्गो लगाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय...
-
मेयर बालेनले आज राजीनामा दिँदै, अरु दिनको राजनीतिक गतिविधि कस्तो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार...
-
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका...
-
गगन थापा समूहका महामन्त्री विधानतः अवैधानिक
काठमाडौं । निर्वाचन आयोगका अधुरा र अपुरा निर्णयले नेपाली कांग्रेसभित्र थप विवाद निम्त्याइरहेको छ । नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादबारे...











