बाजुराका उच्च लेकाली भेगमा हिमपात
काठमाडौं । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो ।
आज बिहीबार दिउँसो सम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ।
वर्षा सँगै हिमपात शुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् ,भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ।
हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी लगायत खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।
हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर ७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित भएको छ। अहिले रिले स्टेसन रहेको क्षेत्रमा हिमपात सुरु भए सँगै चिसो अत्यधिक मात्रामा बढेको छ।
Comments
अरु समाचार
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...