ताजा समाचार

जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु ९जीबी० राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश गरेको छ । सूर्यदर्शनको रकम अपचलन गरेर फरार रहेका जीबीको राहदानी रद्द गर्न सरकारी वकिल कार्यालय कास्कीको निवेदनका आधारमा आदेश भएको हो ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले जीबीको राहदानी रद्दका लागि राहदानी विभागलाई लेखी पठाउन आदेश भएको स्रेस्तेदार राजन खनालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org