किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु
काठमाडौं । युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।
आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् भने दक्षिणी शहर जापोरिजियामा राति भएको अर्को आक्रमणमा परी कम्तीमा १० जना घाइते भएको क्षेत्रीय गभर्नरले जानकारी दिएका छन् ।
किएभलाई अक्सर रूसी ड्रोन र क्षेप्यास्त्रहरूद्वारा लक्षित गरिएपनि राजधानीमा विरलै मृत्युहरू हुने गरेका छन् किनकि राजधानीलाई सुरक्षित गर्न युक्रेनी वायु रक्षा प्रणालीद्वारा अत्यधिक संरक्षित गरिएको छ । देशका अन्य स्थानहरूको तुलनामा किएभमा आक्रमणहरू रोक्न युक्रेनी सुरक्षा संयन्त्र सक्षम छ।
किएभको सैन्य प्रशासनका प्रमुख टिमुर स्काचेन्कोले राजधानीको एक केन्द्रीय क्षेत्रतर्फ सङ्केत गर्दै टेलिग्राम पोस्टमा भने, “शेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु भइसकेको छ ।”
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोस व्यक्त गर्दै लेखेका छन्, “पुटिन शान्ति होइन, युद्ध चाहन्छन् भन्ने यो अर्को प्रमाण हो ।”
उनले भने, “अधिकतम आर्थिक र सैन्य दबाबका माध्यमबाट न्यायपूर्ण शान्ति स्वीकार्न बाध्य पार्नुपर्छ ।” युक्रेनी वायु सेनाले दुई वटा इस्केन्डर ब्यालेस्टिक क्षेप्यास्त्र र २४ वटा रुसी ड्रोनलाई खसालेको जनाएको छ ।
तर खसालिएका क्षेप्यास्त्रहरू किएभको मध्य शेभचेन्किभ्स्की जिल्लामा ‘खसेको’ र औद्योगिक भवन, मेट्रो र आवासीय भवनसहितका क्षेत्रमा क्षति पुगेको र अस्थायी रूपमा स्थानीय पानी आपूर्तिमा क्षति पुगेको बताइएको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने
काठमाडौं । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...