नेपालद्वारा युद्धविराम सम्झौताको स्वागत
काठमाडौं । नेपाल सरकारले इजरायल र हमासबिच भएको युद्धविराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ । नेपाल सरकारले इजरायल–गाजाबिच सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धका घटना निरन्तर नियालिरहेको जनाउँदै हालै भएको अस्थायी युद्धविरामको स्वागत गरेको हो । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, “युद्धविरामले गाजाका आमनागरिकलाई मानवीय सहायता निर्वाध सुनिश्चित गर्न र यस घटनाले शान्ति र स्थिरताको मार्गतर्फ सम्बन्धित पक्षहरूलाई अग्रसर गराउने हामी आशा गर्दछौँ ।”
नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीलगायत हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको समेत वक्तव्यमार्फत प्रस्ट पारिएको छ । साथै युद्धरत पक्षहरूलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।
इजरायलद्वारा युद्धविराम अनुमोदन
इजरायल सरकारले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइ सम्झौताको अनुमोदन गरेको छ । शुक्रबार घन्टौँसम्म चलेको मन्त्रीपरिषद्को बैठकमार्फत इजरायल सरकारले सम्झौता अनुमोदन गरेको हो । यो अनुमोदनसँगै आइतबारदेखि युद्धविरामको औपचारिक कार्यान्वयनसँगै दुई पक्षीय बन्दी रिहाइको बाटो खुलेको छ ।
इजरायली डिफेन्स फोर्सका अनुसार आइतबार साढे आठ बजेबाट युद्धविराम कार्यान्वयनमा आउने छ ।
बिहीबार भएको सम्झौता अनुमोदनमा ढिलाइ हुँदा चौतर्फी आशङ्का उत्पन्न भएको थियो । इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा युद्धविराम र बन्दी रिहाइ सम्झौता भएको हो । युद्धविरामको कार्यान्वयनसँगै आइतबारदेखि नै बन्दी रिहाइ प्रक्रिया सुरु हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
युद्धविरामको पहिलो चरण छ साताको तोकिएको छ । जसमा दुई पक्षले पहिले तय भए अनुसार आपसका बन्दीहरू छाड्ने छन् । पहिलो चरण अन्तर्गत हमासले एक जना अमेरिकीसहित ३३ जना बन्दी र इजरायलले ७३५ जना प्यालेस्टिनी बन्दी छाड्ने घोषणा गरेका छन् ।
पहिलो चरणको पहिलो दिन आइतबार तीन जना महिला बन्दी हमासले छाड्ने छन् भने ९५ जना प्यालेस्टिनी बन्दी इजरायल सरकारले छाड्ने तय भएको छ ।
हमासले २५१ जना बन्धक बनाएकोमा ३४ जनाको मृत्यु भइसकेको जनाइएको छ । बिचमा छाडिएका बाहेक ऊसँग अब ९४ बन्दी रहेका छन् । जसमध्ये १० जना इजरायली र अर्को देशको द्वैध नागरिकता भएकाहरू, आठ जना थाइल्यान्डका नागरिक, एक जना नेपाली र एक जना तान्जानिया र चार जना अमेरिकी नागरिक रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । नेपाली नागरिक जोशीसहितका विदेशी नागरिकलाई दोस्रो चरणमा छाडिने सम्भावना छ । तथापि केहीलाई पहिलो चरणमै मुक्त गराउने थप पहल जारी छ ।
दोस्रो चरणको प्रक्रिया युद्धविरामको सोह्रौँ दिनबाट सुरु हुने जनाइएको छ । जसमा यस युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न थप पहल हुने जनाइएको छ ।
इजिप्टको कायरोमा युद्धविराम र सम्झौता कार्यान्वयनको संयुक्त कार्यान्वयन कार्यालय स्थापना गरी अनुगमन हुने तय भएको छ । जसमा मध्यस्थकर्ता मुलुक र द्वन्द्वरत पक्षका उच्च अधिकारी रहने छन् । सम्झौता अनुसार गाजामा मानवीय सहायता पठाइने तय भएको छ । जस अनुसार ६१४ ट्रक सहायता सामग्री पठाइएको छ । यसअघि पहिलो पटक गत वर्षको नोभेम्बरमा भएको अस्थायी युद्धविरामका क्रममा १५० बन्दी छाडिएका थिए ।
Comments
अरु समाचार
-
पूर्व राजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् ।...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...