नेपालद्वारा युद्धविराम सम्झौताको स्वागत
काठमाडौं । नेपाल सरकारले इजरायल र हमासबिच भएको युद्धविराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ । नेपाल सरकारले इजरायल–गाजाबिच सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धका घटना निरन्तर नियालिरहेको जनाउँदै हालै भएको अस्थायी युद्धविरामको स्वागत गरेको हो । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, “युद्धविरामले गाजाका आमनागरिकलाई मानवीय सहायता निर्वाध सुनिश्चित गर्न र यस घटनाले शान्ति र स्थिरताको मार्गतर्फ सम्बन्धित पक्षहरूलाई अग्रसर गराउने हामी आशा गर्दछौँ ।”
नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीलगायत हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको समेत वक्तव्यमार्फत प्रस्ट पारिएको छ । साथै युद्धरत पक्षहरूलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।
इजरायलद्वारा युद्धविराम अनुमोदन
इजरायल सरकारले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइ सम्झौताको अनुमोदन गरेको छ । शुक्रबार घन्टौँसम्म चलेको मन्त्रीपरिषद्को बैठकमार्फत इजरायल सरकारले सम्झौता अनुमोदन गरेको हो । यो अनुमोदनसँगै आइतबारदेखि युद्धविरामको औपचारिक कार्यान्वयनसँगै दुई पक्षीय बन्दी रिहाइको बाटो खुलेको छ ।
इजरायली डिफेन्स फोर्सका अनुसार आइतबार साढे आठ बजेबाट युद्धविराम कार्यान्वयनमा आउने छ ।
बिहीबार भएको सम्झौता अनुमोदनमा ढिलाइ हुँदा चौतर्फी आशङ्का उत्पन्न भएको थियो । इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा युद्धविराम र बन्दी रिहाइ सम्झौता भएको हो । युद्धविरामको कार्यान्वयनसँगै आइतबारदेखि नै बन्दी रिहाइ प्रक्रिया सुरु हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
युद्धविरामको पहिलो चरण छ साताको तोकिएको छ । जसमा दुई पक्षले पहिले तय भए अनुसार आपसका बन्दीहरू छाड्ने छन् । पहिलो चरण अन्तर्गत हमासले एक जना अमेरिकीसहित ३३ जना बन्दी र इजरायलले ७३५ जना प्यालेस्टिनी बन्दी छाड्ने घोषणा गरेका छन् ।
पहिलो चरणको पहिलो दिन आइतबार तीन जना महिला बन्दी हमासले छाड्ने छन् भने ९५ जना प्यालेस्टिनी बन्दी इजरायल सरकारले छाड्ने तय भएको छ ।
हमासले २५१ जना बन्धक बनाएकोमा ३४ जनाको मृत्यु भइसकेको जनाइएको छ । बिचमा छाडिएका बाहेक ऊसँग अब ९४ बन्दी रहेका छन् । जसमध्ये १० जना इजरायली र अर्को देशको द्वैध नागरिकता भएकाहरू, आठ जना थाइल्यान्डका नागरिक, एक जना नेपाली र एक जना तान्जानिया र चार जना अमेरिकी नागरिक रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । नेपाली नागरिक जोशीसहितका विदेशी नागरिकलाई दोस्रो चरणमा छाडिने सम्भावना छ । तथापि केहीलाई पहिलो चरणमै मुक्त गराउने थप पहल जारी छ ।
दोस्रो चरणको प्रक्रिया युद्धविरामको सोह्रौँ दिनबाट सुरु हुने जनाइएको छ । जसमा यस युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न थप पहल हुने जनाइएको छ ।
इजिप्टको कायरोमा युद्धविराम र सम्झौता कार्यान्वयनको संयुक्त कार्यान्वयन कार्यालय स्थापना गरी अनुगमन हुने तय भएको छ । जसमा मध्यस्थकर्ता मुलुक र द्वन्द्वरत पक्षका उच्च अधिकारी रहने छन् । सम्झौता अनुसार गाजामा मानवीय सहायता पठाइने तय भएको छ । जस अनुसार ६१४ ट्रक सहायता सामग्री पठाइएको छ । यसअघि पहिलो पटक गत वर्षको नोभेम्बरमा भएको अस्थायी युद्धविरामका क्रममा १५० बन्दी छाडिएका थिए ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












