प्रधानमन्त्री कप क्रिकेट: कोशीले बागमतीलाई हरायो
काठमाडौं । बैतडीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो ।
बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् । कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई–दुई विकेट लिएका छन् ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । कोशीका लागी विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् ।
बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् । कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।
समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागिता छ ।
प्रतियोगिताको उपाधि विजेताले पाँच लाख रुपैयाँ, दोस्रो हुनेले तीन लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई २५–२५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।
Comments
अरु समाचार
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...












