ताजा समाचार

यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार

काठमाडौं । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।

जितको सँघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो हारसँगै नेपालको अगाडिको यात्रा कमजोर बनेको छ ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

स्कटल्यान्ड लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाईन । ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाए । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिइन् । अमि बलडाइ र नइमा शेखले दुई-दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org