प्रधानमन्त्रीले ‘विराट एक्स्पो-2025’ को उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन प्रधानमन्त्रीबाट हुने आयोजकले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार माघ ११ गते नै एक्पोको उद्घाटन हुने भनिए पनि प्रधानमन्त्री उपस्थीति हुने भएपछि उद्घाटन एकदिन पछि सरेको हो ।
‘ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट’ थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको छ ।
एक्स्पोमा उद्यम तथा व्यवसायका लागि सेन्टर फर एक्सेलेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधि शोकेस, प्राविधिक तालिम तथा करियर काउन्सेलिङ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । यस्तै, स्टार्टअप हाकाथन, थिमेटिक कन्फरेन्स, फेशन शो, उद्यमशीलता माइन्डसेट सम्बन्धी कार्यशाला, लाटे आर्ट प्रतियोगिता र दैनिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ ।
समुद्घाटन पछि माघ २० गतेसम्म निर्धारित सबै कार्यक्रमहरू यथावत रूपमा सञ्चालन हुनेछ । समुद्घाटन मिति परिवर्तनबाट प्रायोजक, साझेदार र सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
नेप्सेमा सामान्य अङ्कको गिरावट
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य...
-
राष्ट्रिय आविष्कार केन्द्रद्वारा भेरी अस्पतालका २८ वटा बिग्रिएका उपकरण मर्मत
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलीले भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा मेसिन मर्मत गरी पुनः...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...
-
मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट...
-
सुनको भाउ दुई हजार दुई सय रुपैयाँले वृद्धि
काठमाडौं ।आज एकैदिन बजार सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख...