श्रमिक अधिकारका लागि ‘राइडर्स युनियन नेपाल’ गठन, माधवप्रसाद पाण्डे अध्यक्ष चयन
काठमाडौं । नेपालमा प्लेटफर्ममा आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हित र अधिकारको रक्षा गर्न ‘राइडर्स युनियन नेपाल’ गठन भएको छ। माधवप्रसाद पाण्डे अध्यक्ष रहेको ‘राइडर्स युनियन’ गठन गरिएको हो।
यस युनियनको उद्देश्य अनलाइन प्लेटफर्मसँग सम्बन्धित सेवामा काम गर्ने श्रमिकहरूको कामको अवस्था सुधार र उनीहरूको हकहित सुनिश्चित गर्नु हो। नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनमा आवद्ध सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।
अध्यक्ष पाण्डेले युनियनको स्थापनासँगै अनलाइन सेवामा काम गर्ने श्रमिकहरूको अधिकार र सुरक्षामा सुधार ल्याउने सुनिश्चितता दिएका छन्। साथै यूनियनका नवनिर्वाचित अध्यक्ष पाण्डेलगायत पदाधिकारी तथा सदस्यहरुले श्रमिकहरूको हकको पक्षमा आवाज उठाउँदै, उनीहरूको कामका लागि उचित मूल्य र सम्मान सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन्।
युनियनको गठनले नेपालमा अनलाइन सेवा प्रदायक संस्थाहरूका बीच श्रमिकहरूको कामको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत गरिएको छ।
Comments
अरु समाचार
-
एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












