भारतको रेल दुर्घटनामा तीन जना नेपालीको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेमध्ये अहिलेसम्म तीन जना नेपालीको सनाखत भएको छ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार अहिलेसम्म उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र मृतकमध्ये तीन जना नेपालीको सनाखत भएको हो।
प्रकाशित समाचार अनुसार मृत्यु हुने नेपाली नागरिकहरूमा लछी पासी, नन्दराम विश्वकर्मा र कमला भण्डारी रहेका छन्। उनीहरू नेपाल कुन स्थानका हुन् भन्ने केही खुलाइएको छैन।
बुधबार बेलुका पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो।
भारतीय अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए।
त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए। त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको थियो।
यसैबीच महाराष्ट्र राज्य सरकारले तत्काल राहतका लागि मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
Russian Embassy Hosts New Year Event in Kathmandu, Emphasizes Media Role in Nepal-Russia Ties
Kathmandu – Marking the occasion of the Nepali New Year, the Russian Embassy in Nepal hosted a special greetings exchange...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...
-
अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
एकै रातमा इरानी सभ्यता ‘खत्तम पारिदिने’ ट्रम्पको चेतावनी, डेमोक्र्याट् नेताले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् । उनले यो मंगलबार राति...
-
इरानले खसालेको अमेरिकी लडाकू विमानका एक पाइलटको उद्धार, अर्का वेपत्ता
काठमाडौं । इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकू विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले...
-
Russian Film Days Inaugurated at NIFF; First Film Shot in Space to Be Screened
Kathmandu – The “Russian Film Days” has been officially inaugurated under the Nepal International Film Festival (NIFF). The inauguration ceremony...












