भारतको रेल दुर्घटनामा तीन जना नेपालीको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेमध्ये अहिलेसम्म तीन जना नेपालीको सनाखत भएको छ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार अहिलेसम्म उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र मृतकमध्ये तीन जना नेपालीको सनाखत भएको हो।
प्रकाशित समाचार अनुसार मृत्यु हुने नेपाली नागरिकहरूमा लछी पासी, नन्दराम विश्वकर्मा र कमला भण्डारी रहेका छन्। उनीहरू नेपाल कुन स्थानका हुन् भन्ने केही खुलाइएको छैन।
बुधबार बेलुका पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो।
भारतीय अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए।
त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए। त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको थियो।
यसैबीच महाराष्ट्र राज्य सरकारले तत्काल राहतका लागि मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने
काठमाडौं । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि युरोपेली नेताहरु पेरिसमा पुनः एकजुट
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी...
-
पाकिस्तानमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु, १५ घाइते
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले...
-
हमासले आज रिहा गर्ने तीन जनाको नाम सार्वजनिक
काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक...
-
काठमाडौंका विभिन्न स्थानमा आज बिद्युत सेवा रोकिने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज...
-
काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान
काठमाडौं । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी...
-
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा...
-
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको...