त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् हीरकजयन्ती समारोह मनाउने भएको छ । विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा विद्यालयले ‘‘साठी वर्षको उज्ज्वल इतिहास, समाज निर्माणमा हाम्रो प्रयास’’ भन्ने मूल नाराका साथ हीरकजयन्ती समारोह आयोजना गर्न लागेको हो । उक्त महोत्सव माघ १० गतेदेखि १६ गतेसम्म अन्तर सदनात्मक, अन्तर विद्यालय विविध प्रतियोगितात्मक कार्यक्रमहरू गर्ने गरिने विद्यालयले जनाएको छ ।
माघ १४ गते अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला र अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् । त्यस्तै माघ १५ गते अन्तर माध्यमिक विद्यालय स्तरीय सचेतनामूलक नाटक प्रतियोगिता र अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछन् भने माघ १६ गते अन्तर विद्यालय स्तरीय ट्रायक नृत्य प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।
हीरकजयन्ती समारोह एवम् वार्षिक उत्सव तथा अभिभावक दिवस सभ्य र भव्यताका साथ सम्पन्न गर्न विद्यालयले विभिन्न तयारी गरेको जनाएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन सहायोगदाताहरुबाट पनि आर्थिक सहयोग संकलनलाई तिव्रता दिईएको छ । जसअन्तर्गत सहयोगीहरुलाई विद्यालयले कार्यक्रममा सम्मान गर्ने बताएको छ ।
सहयोगदाताहरुबाट रु १,००० सहायोग गर्नेलाई कार्यक्रममा नाम उद्घोषण गर्ने, २,००० भन्दाबढि सहयोग गर्नेलाई कार्यक्रममा प्रमाणपत्रबाट सम्मान तथा स्मारिकामा नाम उल्लेख गर्ने, ५,००० भन्दा बढि सहयोग गर्नेलाई फोटो फ्रेममा सम्मानपत्र सहित स्मारिकामा नाम उल्लेख गर्ने, १०,००० भन्दा बढि सहयोग गर्नेलाई मायाको चिनो, फोटो फ्रेममा परिवार सहितको सम्मानपत्र र स्मारिकामा नाम राख्ने, १५,००० भन्दा बढि सहयोग गर्नेलाई परिवारको फोटो सहित स्मारिकामा नाम, सम्मान पत्र र मायाको चिनो प्रदान गर्ने र ५०,००० भन्दा बढि सहयोग गर्नेलाई स्मारिकामा पेजभरीको परिवारको फोटो, मायाको चिनो र सम्मान पत्र प्रदान गर्ने विद्यालयले जनाएको छ ।
वि.सं २०२१ सालमा स्थापना भएको त्रिवेणी माध्यमिक विद्यालयले उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वी पहाडी जिल्ला संखुवासभामा शैक्षिक क्षेत्रको उन्नयन र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । वि.सं २०७८ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर त्रिवेणी पव्लिक कलेजको रुपमा मानविकी संकायतर्फ स्नातक तहसम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय र सरकारी तथा निजी क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सफल देखिन्छन् ।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास...
-
नख्खुबाट फरार कैदी खाँदबारीमा पक्राउ !
काठमाडाैं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक)...
-
सप्तरीमा गोली हानेर पुजारीको हत्या !
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज...
-
झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु
काठमाडाैं । झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। उनीहरुकाे बिहीबार दिउँसाे...
-
संखुवासभामा टिपर दुर्घटना चालक र सहचालक सामान्य घाइते !
काठमाडौं । संखुवासभामा इँटा बोकेको टिपर दुर्घटना भएको छ। जिल्लाकाे चैनपुर नगरपालीका–११, पुलडाँडा नजिकै लेगुवा–खाँदबारी सडक खण्डमा मधेश प्रदेश ०३–००१...












