रूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
काठमाडौं । रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ ।
युक्रेनले १२ वटा रूसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रूसले युक्रेन नजिकै ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रूसी कारखानामा सेवा अवरूद्ध भएको थियो ।
मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता राजधानीमा हरेक दिन ड्रोन वा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।
रूसी आक्रमणका कारण क्षतिग्रस्त भएको आवासीय भवनबाट कालो धुवाँ निस्केको र उद्धारकर्मीहरूले मृतकको शव बाहिर निकालेको घटनास्थलबाट प्राप्त तस्वीरमा देखिएको छ ।
युक्रेनी आपतकालिन सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ क्षेत्रमा शत्रुको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ ।” उक्त क्षेत्रका प्रमुखले एक निजी घरमा आक्रमण भएको बताए । ड्रोनका टुक्राहरु १० तले आवासीय भवनमा पनि ठोक्किएको बताइएको छ ।
युक्रेनी वायु सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किएभ र पश्चिमी एल्भिभसहित सात क्षेत्रमा २५ वटा रुसी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको अमानवीय आक्रमणको आलोचना गर्दै मस्कोलाई हतियार उत्पादन गर्नबाट रोक्न युक्रेनी सहयोगी राष्ट्रहरूले प्रतिबन्धहरू कडा पार्नुपर्ने बताए ।
उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिबन्धको उल्लङ्घन गरी आपूर्ति गरिएका शाहेद र अन्य क्षेप्यास्त्रको उत्पादनका लागि हरेक पक्षको जवाफदेहीता हुनुपर्छ ।”
रूसी अधिकारीहरूले मस्कोमा युक्रेनी ड्रोन आक्रमणलाई प्रतिकार गरेको बताएपछि किएभको बाहिरी भागमा आक्रमण भएको हो।
रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले मस्को, कब्जा गरिएको क्रिमियन प्रायद्वीप र पश्चिमी ब्रायन्स्क क्षेत्रमा युक्रेनी मानवरहित १२१ वटा हवाई यान खसालेको जनाएको छ ।
युक्रेनका छ वटा ड्रोनले ब्रायन्स्क क्षेत्रमा उत्पादन र भण्डारण सुविधामा क्षति पु¥याएपछि रूसी माइक्रोइलेक्ट्रोनिक्स कारखानाले काम रोकेको रूसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
Comments
अरु समाचार
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा
वासिङटन डीसी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको...
-
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ...
-
पाकिस्तानी फुटबल संघ फिफाको निलम्बनमा
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको...
-
स्विडेनमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु
काठमाडौं । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। प्रहरीले बुधबार घटनामा बन्दुकधारी पनि...
-
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो
काठमाडौं । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत...
-
युरोपेली संघलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गर्नुभएको छ...
-
सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार...
-
अमेरिकाले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर उठाउन थाल्याे
वासिङटन डीसी । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...