सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो ।
७७ जिल्लामा कार्यक्षेत्र रहेको सिवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३ सय ९० रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२को पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार पुँजीकोष ८.२५, खराब कर्जा ४.३५, इपिएस १६, खुद नाफा ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले जानकारी गराए ।
संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६ सय ५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५ सय १० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७ सय ८० रुपैयाँ रहेको छ । १ सय २४ शाखा रहेको सिवाईसी लघुवित्तमा १ लाख २२ हजार ७ सय ९७ सदस्य रहेका छन् भने ४७ हजार १ सय २० ऋणी रहेको कार्यकारी प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराएका थिए । साधारण सभामा सिवाईसी लघुवित्तको मुख्य प्रवद्र्धक संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए ।
साधारण सभामा सेयर सदस्यहरुले राखेको जिज्ञाशाका बारेमा संस्थाका अध्यक्ष शर्मा, सञ्चालक जीवन पौडेल, कम्पनी सचिव तथा र्काकारी प्रमुख शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा शेयर सदस्य गण्डकी थापा अधिकारी, लघुवित्तका सञ्चालक सुमन जि.सी. लगायतले मन्तव्य राखेका थिए । सिवाईसी लघुवित्तमा सालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त संस्था गाभिएका थिए ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
आजको राशिफल: २०८१ माघ २६ गते शनिवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...