नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
सिमकोट (हुम्ला): नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको अनुमगन गरिएको हो ।
दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताउनुभयो । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिनुभयो ।
त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फबाट चिनीयाँ सुरक्षाकर्मी र नेपालबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता थियो । विसं २०७७ मा उत्तरी सीमा हिल्सानाकामा सशस्त्र प्रहरी बल स्थापना भएदेखि सीमा सुरक्षामा खटिँदै आएको छ । हिउँदयाममा उत्तरी नाम्खामा हिमपात भएर यारी, हिल्सा आवतजावत बन्द हुने भए पनि बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।
Comments
अरु समाचार
-
गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको समूह शुक्रबार दिउँसो निर्वाचन आयोग जाने भएको छ । सभापति थापासहित...
-
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको...
-
कांग्रेसमा आधिकारिकता विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगे
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका छन् । विशेष...
-
देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं काठमाडौं महानगर प्रमुखबालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व...
-
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य...
-
झापामा चुनाव लड्छु भनेर धाक नलगाउन बालेनलाई ओलीको चुनौती
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग चुनाव लड्न झापा आउँछु भनेर धाक...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...











