प्रधानमन्त्री कार्यालयबाट नागढुङ्गा-मुग्लिन सडकको अनुगमन
काठमाण्डौ । प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको यो सडक स्तरोन्नतिका क्रममा नागरिकले सास्ती खेप्दै आएका छन् ।
एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको टोलीमा रहेका प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्टले जानकारी दिनुभयो ।झण्डै ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज)मा छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन रहेको छ ।
पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रोमा ४३ दशमलव ५४ र तेस्रोमा ३८ दशमलव ८६ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ । पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गएको जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा म्याद नाघेको आठ महिना भइसकेको छ । अहिलेसम्म ६५ प्रतिशत काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताउनुभयो । यो खण्डको स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी २०७९ वैशाख १४ गते पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँलागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो प्याकेज मलेखु–मुग्लिन खण्डको चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा निर्माण गर्नेगरी २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २३ प्रतिशत मात्र काम भएको छ ।
Comments
अरु समाचार
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...











