प्रधानमन्त्री कार्यालयबाट नागढुङ्गा-मुग्लिन सडकको अनुगमन
काठमाण्डौ । प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको यो सडक स्तरोन्नतिका क्रममा नागरिकले सास्ती खेप्दै आएका छन् ।
एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको टोलीमा रहेका प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्टले जानकारी दिनुभयो ।झण्डै ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज)मा छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन रहेको छ ।
पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रोमा ४३ दशमलव ५४ र तेस्रोमा ३८ दशमलव ८६ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ । पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गएको जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा म्याद नाघेको आठ महिना भइसकेको छ । अहिलेसम्म ६५ प्रतिशत काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताउनुभयो । यो खण्डको स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी २०७९ वैशाख १४ गते पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँलागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो प्याकेज मलेखु–मुग्लिन खण्डको चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा निर्माण गर्नेगरी २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २३ प्रतिशत मात्र काम भएको छ ।
Comments
अरु समाचार
-
पूर्व राजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् ।...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...