विपद् प्राधिकरणमा योग्यताविपरीतको उम्मेदवार, कार्यकारी प्रमुख बनाउन काँग्रेसको कसरत

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि छनौट भएका एक उम्मेदवार तोकिएको योग्यताविपरीत रहेको खुलेको छ । छनौटमा परेका पाँच जनामध्ये एक उम्मेदवारको योग्यता छनौट समितिले तोकेकोविपरीत भएको पाइएको हो । गत मंसिर १४ गते प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान भएको थियो ।
दरखास्त दिने उम्मेदवार नेपाली नागरिक भएको, नेपाल सरकारद्धारा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, विपद् व्यवस्थापनको क्षेत्रमा अधिकृतस्तर वा सोभन्दा माथिल्लो स्तरमा कम्तीमा १० वर्ष कार्यअनुभव भएको, नैतिक पतन देखिने फौजदारी अभियोग सजाय नपाएको, राजनीतिक दल वा संगठनको सदस्यता नलिएको हुनुपर्नेलगायतका योग्यता तथा शर्त तोकिएको थियो ।
यस्तो छ विपद् प्राधिकरणको कार्यकारी प्रमुखको योग्यताको विवरणः

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले ‘छनौटसम्बन्धी कार्यविधि, २०८१’ को दफा १२ को खण्ड घ को ५ बमोजिम छनौट भएका उम्मेदवारको कार्ययोजना प्रस्तुतिकरणसमेत गराइसकेको छ । गज्जबको कुरो के भने, योग्यताविपरीत रहेका ती उम्मेदवारको पनि प्रस्तुतिकरण भइसकेको छ ।

उनी हुन्, बैतडीको दशरथचन्द नगरपालिका ४ का दिनेशप्रसाद भट्ट । सूचनामा स्पष्ट रुपमा राजनीतिक दल वा संगठनको सदस्यता नलिएको हुनुपर्ने उल्लेख छ । तर, उनी २०४७ सालदेखि नै राजनीतिमा सक्रिय रहेको तथ्य फेला परेको छ । तत्कालीन समयमा बैतडीको पञ्चदेवल माविमा नेपाली काँग्रेसको संगठन नेविसंघको ईकाई कोषाध्यक्ष रहेका उनी २०५३ देखि २०५५ सालसम्म पनि नेविसंघमै आबद्ध थिए ।
२०५७ सालमा उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु सदस्य भए । २०५९ देखि २०६४ सम्म उनी नेविसंघको केन्द्रीय सदस्य थिए । उनले नेविसंघको शिक्षा विभाग प्रमुखको रुपमा पनि काम गरे । २०६४ पछि उनी काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्य बने । २०७० सालमा भएको दोस्रो संविधान सभामा सभासद पदका लागि उनी नेपाली काँग्रेसको क्षेत्र र जिल्ला समितिबाट प्रस्तावित भएका थिए । २०७२ सालमा उनी काँग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि थिए । २०७३ सालमा उनी नेपाल तरुण दलको केन्द्रीय पार्षद बने ।
उनले ‘काँग्रेसका तरुण दलहरुले गर्नुपर्ने काम’ शीर्षकमा अनलाइनखबरमा लेखसमेत प्रकाशित गरेको पाइन्छ । उनले प्रकाशीत गरेको लेख यसप्रकार छ(https://www.onlinekhabar.com/2016/11/500194/कांग्रेसका-तरुणहरुले-गर्) त्यसैगरी, उनले काँग्रेसको १३ औं महाधिवेशनमा मतदान गरेको पनि खुलेको छ । उनले नेपाल प्रजातन्त्रवादी इन्जिनियर एसोसिएसनका तर्फबाट महाधिवेशन प्रतिनिधि चुनिएर माहाधिवेशनमा सहभागिता जनाएको समाचार यसप्रकार छ, https://pahilopost.com/content/-13799.html राजनीतिक क्षेत्रमा लामो इतिहास भएका उनलाई गृह मन्त्रालयमातहत रहेको महत्वपूर्ण निकायको कार्यकारी प्रमुखका लागि छनौट गर्नुले ‘दालमा केही कालो’ भएको शंका गरिएको छ । काँग्रेसको जोडबलमा उनलाई कार्यकारी प्रमुख बनाउने चलखेल गरिएको बुझिएको छ ।
‘उनी पहिल्यैदेखि काँग्रेसी हुन् । विद्यार्थी जीवनदेखि नै उनी काँग्रेसको संगठनमा आबद्ध छन् । हाल उनलाई प्राधिकरणको कार्यकारी प्रमुखको लागि छनौट गरिएको छ । उनलाई नै प्रमुख बनाउन भित्रभित्रै ठूलो चलखेल पनि भइरहेको छ । एमालेसँग गठबन्धनको सरकार भएकाले उनलाई ल्याउन काँग्रेस निकै प्रयासरत छ’,स्रोतले भन्यो ।
छनौट समितिका संयोजक गोकर्णमणि दुवाडीसँग यसविषयमा सोध्न खोज्दा सम्पर्क हुन सकेन् ।
Comments
अरु समाचार
-
आजदेखि काठमाडौंका यी ७ ठाउँका सडक एकतर्फी
काठमाडौं । बुधबारदेखि काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई वान-वे बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी...
-
पूर्व राजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् ।...
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...