ताजा समाचार

त्रिशूली नदीमा शव फेला, घटनाबारे अनुसन्धान जारी

काठमाडौं । गण्डकी गाउँपालिका-२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ। शव शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार, शव ५०-५५ वर्षका पुरुषको जस्तो देखिन्छ। उहाँले भन्नुभयाे, “पोष्टमार्टमका लागि शव गोरखा अस्पताल ल्याएका छौँ।”

घटनास्थलमा प्रहरी र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीको संयुक्त प्रयासमा शव निकालिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org