अबको लडाइँ आर्थिक समृद्धिको हो : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अबको आर्थिक समृद्धिको लडाइँ भएको बताउनुभएको छ ।
आइतबार एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा ज्ञवालीले अधिकारको लडाइँ लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा अधिकार प्राप्तिको लडाइँ सकियो । अबको लडाइँ आर्थिक समृद्धिको लडाइँ हो । अब राजनीतिक दल समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । यसको लागि हामीले नयाँ सोच आवश्यक छ । अब हामीलाई समृद्धिको स्किल आवश्यक छ ।”
अहिले सामाजिक सञ्जालमार्फत सूचनाभन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेसन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन् । यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ । अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ ।”
विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उहाँले बताउनुभयो । यस्ता समस्याको समाधान वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको ज्ञवालीको भनाइ छ । २० वर्ष यता विश्वमा धेरै परिवर्तन भएको बताउँदै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।
दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने ज्ञवालीले बताउनुभयो । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउछौँ भनेर आएका भन्दै ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो ।
एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएका बताउँदै ज्ञवालीले त्यसैले एमाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको बताउनुभयो ।
एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
कांग्रेसका सभापति देउवा भारत जाने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ...
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...