विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
काठमाडौं । भारतमा हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा रहेको चैतन्य पाठशालाले सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका १२ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
आज आयोजित एक समारोहकाबिच सामाजिक विकासमन्त्री मेघराज खड्काले उनीहरुलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
खोखो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली उपविजेता बनेको थियो । चैतन्यले महिला टिमका कप्तान सरस्वती कडायत, मनमती धामी, पूजा ओड, खुश्बु राना, वर्षा पण्डितलाई सम्मान गरेको छ । त्यसैगरी, पुरुषतर्फ टिम कप्तान हेमराज पनेरु, विवश चौधरी, जोगेन्द्र राना, सुरज पुजारा, समिर चन्द, गणेश विक र जनक चन्दलाई सम्मान गरेको छ ।
यसैगरी, टिम व्यवस्थापक कृष्ण पनेरु र अन्तर्राष्ट्रिय खोखो निर्णायक राजकुमार चौधरीलाई पनि नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री खड्काले खेलाडीले मुलुकको नाम विश्वमा चम्काएर सुदूरपश्चिम प्रदेशलाई गौरवान्वित बनाएको बताए ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












