युरोपेली संघलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गर्नुभएको छ । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री सर केयर स्टाररसँग राम्रो सम्बन्ध रहेको र बेलायतसँगको व्यापारिक समस्या भने समाधान गर्न सकिने उल्लेख गर्नुभयो । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर घोषणापछि ट्रम्पले ईयूमा पनि कर लगाउने बताउनुभएको हो ।
अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत आयात कर शुरू भएको छ । क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकाले लगाएको करको बदला लिएमा क्यानडामाथि थप कर लगाउने चेतावनी दिनुभएको छ ।
यस्तै अमेरिकाले लगाएको करलाई लिएर क्यानडाका केही पसलहरूले अमेरिकी उत्पादनहरू हटाउन शुरू गरिसकेका छन् । यसअघि आइस हक्की र बास्केटबल खेलहरूमा क्यानडेलीहरूले अमेरिकी करको विरुद्धमा नारा लगाएका थिए ।
क्यानडाको नोभा स्कोटियाकी ६७ वर्षीया क्यारोल चान्डलरले सम्भव भएसम्म सबै अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र फ्लोरिडा भ्रमणको योजना पनि रद्द गर्न लागेको बताउनुभएको छ । अमेरिकी निर्णयपछि मेक्सिकोले पनि अमेरिकी उत्पादनहरूमा आयात कर लगाउने घोषणा गरेको छ ।
चीनले अमेरिकी कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकूल भएको भन्दै निकै असन्तुष्ट रहेको बताएको छ । चीनले अमेरिकालाई आफ्नो त्रुटिपूर्ण अवधारण सच्याउन र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...











