गण्डकी स्कुलमा विधिपूर्वक सरस्वती पूजा सम्पन्न

काठमाडौं । काठमाडौंको म्हेपिमा अवस्थित गण्डकी स्कुलले विशेष कार्यक्रम गर्दै विधिपूर्वक सरस्वती पूजा सम्पन्न भएको छ ।
माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमीको अवसरमा गण्डकी स्कुल तथा गण्डकी क्लेजमा अध्यायनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको बाक्लो उपस्थितिमा सरस्वती पूजा सम्पन्न भएको हो ।

पूजामा विद्यालयका शिक्षक आचार्य गौरव बिडारी, गण्डकी क्लेजमै अध्ययनरत कक्षा ११ का विद्यार्थी शास्त्री दिपेश बास्कोटा तथा शास्त्री अनिश नेपालद्धारा शास्त्रीय विधि अनुरुपनै पृथक तरिकाले पूजा कार्यक्रम सम्पन्न भएको हो ।
माघ २१ गते सोमबार बिहान ८ बजेदेखि गण्डकी स्कुलको प्राङ्गणमा सुरु भएको पूजा कार्यक्रममा विद्यालयका सञ्चालक तथा प्रिन्सिपल आर.सी भट्ट, विद्यालय सञ्चालक तथा गण्डकी क्लेजका क्याम्पस प्रमुख रामप्रसाद अर्याल (शिशिर), विद्यालय सञ्चालक तथा मनमोहन क्लेजका क्याम्पस प्रमुख द्रोण अधिकारी, विद्यालयका सहायक प्रिन्सिपल महेन्द्र बस्नेत लगायतले विशेष पूजा गरेका थिए ।

उक्त कार्यक्रममा गण्डकी क्लेजबाट दोस्रो अर्धवार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल विद्यार्थी भाइबहिनीलाई पुरस्कार सहित सम्मान गरिएको विद्यालयले जनाएको छ । सम्मानित हुनेमा विद्यार्थीहरुमा सुरज नेपाल, आर्जु थापा, प्रमिला घले, रक्षा तामाङ्ग, निशा तामाङ्ग तथा सुन्तली गिरी रहेका छन् ।

सोही कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल आर.सी भट्टले विद्यार्थीहरुले अन्य दिनमा पनि माता सरस्वतीलाई सम्झनुपर्ने बताएका छन् । कार्यक्रममा गण्डकी स्कुलका मा.वि. इन्चार्ज राजकुमार भट्टराई, प्राथमिक इन्चार्ज त्रिप्ति राई, मन्टेश्वरी इन्चार्ज कला रिजाल, इ.सि.ए इन्चार्ज उत्तम पुलामी, गण्डकी क्लेजका कोअर्डिनेटर पुष्कर पोख्रेल लगायत शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

वि.सं २०६० सालमा स्थापित गण्डकी स्कुलले उत्कृष्ट नतिजा सहित यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । त्यस्तै गत वर्षबाट माध्यमिक तह ११/१२ कक्षाको समेत पठनपाठन सुरु गरेको कलेजले आगामी वर्षदेखी स्नातक तहसम्मको अध्यापन गराउने तयारी गरिरहेको छ ।






Comments
अरु समाचार
-
गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३...
-
पोखरा आज देशकै प्रदूषित सहर बन्यो
काठमाडौं । आज पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
काठमाडौं । भारतमा हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । धनगढीमा...
-
गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा यही माघ २२ गते (मङ्गलवार) भोलि सार्वजनिक बिदा हुने भएको छ ।...
-
आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बस्दै
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो ।...
-
कुवामा डुबेर वृद्धाको मृत्यु
काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर...