महिला टी-२०आई शृंखलामा नेपालको कमजोर प्रर्दशन, लगातार ६ खेलमा जितविहीन
काठमाडौं । काठमाडौंको क्रिर्तिपुरमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल जित बिहिन बनेको हो ।
आज भएको खेलमा नेपालले दिएको ८२ रनको झिनो लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिन सफल भईन् । त्यस्तै पुजा महतोले १ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले ११ विकेट लिए ।
यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् ।...