हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित ‘ह्याकाथन प्रतियोगिता र करियर फेस्ट’ सुरु

काठमााडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड यात्रा’ को नाम दिइएको छ ।
विद्यार्थीको सिपलाई उजागर गर्ने, नयाँ आइडियालाई मूर्त रुप दिने तथा विभिन्न कलेजका विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले ह्याकाथनको आयोजना गरिएको हो। हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थी क्लब हिमालय आईटि, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवोटिक्स क्लवले संयुक्त रुपमा ह्याकाथन प्रतियोगिता र करियर फेस्टको आयोजना गरेका हुन् भन्दै कार्यक्रम आयोजक समितीका सदस्य आदिप राउतले जानकारी गराएका हुन।
कलेजकै प्रांगणमा आयोजित उक्त कार्यक्रमको लागि हिमालय कलेज अफ इन्जिनियरिङले भौतिक पूर्वाधार उपलब्ध गराएर सहयोग गरेको छ । कलेजका प्रिन्सिपल किशोर गौतमले विद्यार्थीले आयोजना गरेको यस कोड यात्रा कार्यक्रमले विद्यार्थीलाई आईटि क्षेत्रमा स्थापित हुन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । औपचारिक कार्यक्रमको प्रमुख अथितिको रुपमा काठमाडौं विश्वविद्यालयका प्रा।डा। गजेन्द्र शर्मा रहेका थिए ।
सो अवसरमा प्रा.डा. गजेन्द्र शर्माले विद्यार्थीले आयोजना गरेका यस प्रकारका प्रोजेक्ट बेस कार्यक्रम प्रसंशनिय रहेको उल्लेख गर्दै उनले थपे– “नेपाल आईटि क्षेत्रमा अन्य देश भन्दा पछाडि रहेको छ । यसको मुख्य कारण गभरर्मेन्ट अवार्नेस र पव्लिक अवार्नेस नहुनु, ल्याक अफ पोलिसी हो ।” साथै उनले कोड यात्राको सफलताको कामना पनि व्यक्त गरे ।
ह्याकाथनमा काठमाडौं उपत्यकाको विभिन्न इन्जिनियरिङ्ग तथा आईटी ३५ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । ती कलेजका विद्यार्थीलाई ३५ टिममा विभाजन गरिएको छ । उक्त कार्यक्रमका लागि आयोजक पक्षले हरेक टिमलाई फरक फरक थिम दिनेछ । सोही थिममा आधारित रही विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट बनाउनु पर्नेछ । प्रोजेक्ट सकाउनका लागि ४८ घण्टाको समय निर्धारण गरिएको छ । उक्त समयभित्र विद्यार्थीहरुले आफ्नो आइडियालाई कम्प्युटरको माध्यमबाट पूर्ण रुप दिनुपर्नेछ ।

तीन दिन अर्थात् २९ गते सम्म सञ्चालन हुने उक्त ह्याकाथनमा सहभागी विद्यार्थीहरुलाई कलेजमै खाने र बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको अन्तिम दिनमा कुन टिमले उत्कृष्ट प्रोजेक्ट बनायो भनेर निर्णय गरी विजेता घोषणा गरिनेछ ।
त्यसैगरी आईटि र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई सहजै बजारसँग आवद्ध गराउने उदेश्यले करियर फेस्टको आयोजना पनि गरिएको छ । सहज रुपमा विद्यार्थीलाई जागिर र इन्टर्नसीपको लागि विभिन्न आइटी कम्पनीहरुसँग सहकार्य गर्ने हेतुले करियर फेस्टको आयोजना गरिएको हो ।
यस कार्यक्रममा हिमालय कलेज लगायत अन्य आईटी र इनिजनियरिङ कलेजका विद्यार्थी समेत सहभागी भई आफूलाई सुहाँउदो कम्पनीसँग आवद्ध हुन सक्छन् । हिमालय कलेज अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले सन् २०१६ देखि ह्याकाथन आयोजना गर्दै आएका छन् भने करियर फेस्ट पहिलो पटक आयोजना गरिएको हो ।
Comments
अरु समाचार
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...
-
बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई...
-
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका...
-
होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
काठमाडौं । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...