ताजा समाचार

सुनको मूल्य बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org