धरहरा चढ्ने एक घण्टा समय थप, दुई महिनामै एक करोड ५२ लाख राजस्व संकलन
काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ ।
गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...