क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।
विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।
भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भने, “हाल हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ । आवश्यक परे राति पनि काम गर्छौं ।”
गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...