कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
भेटिए नौ हजार दुई सय ५० चरा
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गएको पुस २६ देखि माघ एक गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस–२०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को सङ्ख्यामा चरा फेला परेका हुन् ।
पोहोर ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यसवर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । सन् १९८७ देखि हुँदै आएको गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उहाँले बताउनुभयो ।
सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मानिसको चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या अझै बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । असोजदेखि पुससम्म पर्यटक चरा आउने गर्छन् र चैत लागेसँगै फर्कने गर्छन् । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी मानिन्छ । झण्डै ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताउनुभयो ।
Comments
अरु समाचार
-
बारको चुनावमा रमनसँग बदला लिँदै निजी व्यवसायी
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...