मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो । यसबारे छिट्टै बस्ने आयोगको बैठकमा प्रस्ताव आउनेछ । हालसम्म मेडिकल कलेजहरुले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध छ ।
यसअघि यही माघ २५ गतेको आयोगको १६ औँ बैठकले आवासीय चिकित्सक विद्यार्थीहरुको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारीसरह (आठौँ तह) को मासिक रु.४८ हजार ४३६ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो ।
चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको आजको बैठकले स्नातकोत्तर तहमा २०९ सिट सङ्ख्या थप गर्ने निर्णय गरेको छ । यस्तै बैठकले नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ भने शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा बैठकमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले उठेका समस्याहरुलाई थप गृहकार्य गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले नर्सिङ शिक्षालाई सुक्न नदिने ठोस प्रस्ताव ल्याउन र नर्सहरुको सेवा र सुविधा बढाउन आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...
-
अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटीको निर्वाचन आज
काठमाडौं । विश्व खेलकुदको शक्तिशाली संस्था मध्येको एक अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटी आइओसीको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । सन् २०१३...
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
-
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजदेखि शुरू हुँदै
काठमाण्डौ । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट...
-
आजको राशिफल : २०८१ चैत ७ गते बिहीबार
मेष अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला।...
-
नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षका उम्मेद्वारले ६० हजार बुझाउनु पर्ने
काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ। आगामी चैत...