ताजा समाचार

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा डा. भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

गत माघ २७ गतेयता जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि भट्टराईसहित युवा नेता नेत्र चापागाईं प्रत्याशी रहेका थिए। चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्ष दोहोरिएका हुन्।

त्यस्तै महाधिवेशनमा महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए। भने, बाँकी ७० पदका लागि चुनाव भएको थियो।

नेसपा (नयाँ शक्ति) का नेता कृष्ण शर्माका अनुसार महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मतदान गरेका थिए ।

अन्तीम मतपरिणाम आज अपरान्ह ५ बजे आधिकारिक रूपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिने नेसपा स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org