दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
दोस्रो पटक चीनसँग् नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखेको थियो। गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु-२३ टोलीले चिनियाँ टोलीलाई ५-१ गोलले हराएको थियो।
नेपालले यसपटक यु-२० टोली खेलाउने तयारी गरेको छ। मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनको विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछ। नेपाली युवा टोलीसँग प्रतिस्पर्धा गर्न फागुन १ गते नै चिनियाँ टोली काठमाडौं आइसकेको छ। रंगशालामा यो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
आइपीएलमा आजः हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको...
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
आगामी चैत २२ देखि उदयदेव प्रिमियर लिग हुँदै
काठमाडौं । दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले...
-
प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु
काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...