ताजा समाचार

जेसीबीले पल्टाएको डुङ्गाले लागेर जाँदै गरेकि एक बालिकाको मृत्यु

काठमाडौं । गुल्मीमा जेसीबीले माथिबाट पल्टाएको डुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दी टार निवासी ८ वर्षीय बिष्णु कुमालको जेसिबीले माथिबाट फालेको डुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताएका छन्।

बालिका आइतबार बिहान स्कुल जाने क्रममा सडक माथिबाट पल्टिएको डुङ्गाले लागेर गम्भीर घाइते भएकी थिइन । उनको समयमै उद्धार समेत हुन सकेको थिएन । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए ।

बाटो बिस्तारको क्रममा सडकबाट तल कुनै जानकारी नदिई ढुङ्गा फाल्ने गरेको थियो । विद्यालय जाँदै गरेकी बालिका घर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org