नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ९८, विकास बैङ्क शून्य दशमलव ०८, होटल तथा पर्यटन एक दशमलव ९५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।
त्यस्तै, लगानी एक दशमलव १७, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त एक दशमलव ८६, व्यापार शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ ।
Comments
अरु समाचार
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
सुनको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार...
-
हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ ऋण
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६...
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने
काठमडौं । संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि...
-
आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी...
-
सेयर बजार परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक...
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं। अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...