परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका दुवै देशका मन्त्रीहरुबिच आज साइडलाइन भेट भएको हो ।
सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।
त्यसअवसरमा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिईन्।
मन्त्री डा. देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिन् ।
केही समय अघि पनि मन्त्री डा. देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोन वार्ता गरी सोही आग्रह गरेकी थिईन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्ति वार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन् । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरद्वारा १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बल, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु...
-
आज सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज साँझ...
-
रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा हाजिर
काठमाडौं । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको मुद्दामा रूपन्देही जिल्ला...
-
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा
काठमाडौं । बर्दघाट सुस्ता पश्चिम जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
किताव जात्रामा चिनियाँ चर्चित लेखकका किताव
काठमाडैं । किताब जात्रा २०८१ को छैटौं संस्करण श्रावण १८ र १९ गते काठमाण्डौको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको...