ताजा समाचार

प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा निर्वाचित

काठमाडौं । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी कर्णाली प्रदेशको दोस्रो अधिवेशनले सिम्खडाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

प्रदेश कार्य समितिको उपाध्यक्ष खुलातर्फ हिक्मत नेपाली (दैलेख), उपाध्यक्ष महिला सीता वली (सुर्खेत), महासचिव ओम शाही (सुर्खेत) र कोषाध्यक्ष गीता थापा (सुर्खेत) निर्वाचित भएका हुन् । अधिवेशनबाट सचिव जगत दल र जनाला विक (सुर्खेत), नौरते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र सुरेश परियार (हुम्ला) निर्वाचित भएको अधिवेशन बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश इन्चार्ज विष्णु शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार सदस्यमा गुट्टु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल, विनोद कँडेल, देविसरा बस्नेत, यसकुमार चपाई, सरोज थापा, जयराम चौलागाई, भगेन्द्र विक, छत्र रोकामगर, गोकर्ण सञ्जाल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगतबावु अधिकारी, करिण अधिकारी, तिलक रिजाल, नोखिराम थापा र भगवती उपाध्याय निर्वाचित भएको छन् ।

अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष द्वय राजेश राई र गणेश पाण्डे, महासचिव हिरामान लामा, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायतको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org