प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे।
बैठकमा बोल्दै एमाले सांसद ठाकुर गैरेले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे। उनले विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाए।यस्तै, माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो। तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्।’उनले घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नको लागि सरकारसँग माग गरे।
यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गरे।उनले भने, ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए। तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए। हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्।’सदनमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...