ताजा समाचार

राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार व्यक्त गरेका छन् ।

ताप्लेजङको फुङलिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको दावी समेत गरे । पुन अहिले पनि आमन्त्रित सदस्यका रूपमा मात्र रहेको र उनको राजनीतिक भविष्यबारे पार्टीले निष्कर्षमा पुग्न बाँकी रहेको श्रेष्ठको भनाई छ ।

त्यस्तै, समाजवाद निर्माण र सामाजिक न्यायसहितको आर्थिक रूपान्तरण अहिलेको प्रमुख आवश्यकता भएकोमा उनको जोड थियो । नेता श्रेष्ठले पार्टीभित्रका गुटउपगुटको अन्त्य नभएसम्म संगठन सुदृढ नहुने पनि स्वीकार गरेका छन्। ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनामा गोली चल्नु दुःखद भएको टिप्पणी उनको छ। स्थानीय समुदायको माग सम्बोधन गर्न वार्ता जरुरी हुने उनको तर्क छ।

सो अवसरमा उनले भारत, ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org