केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्।
बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गरेको मिश्रले बताए। वीरगन्जको इनर्वा नाका हुँदै १५३ जना र अलौं नाका हुँदै ३ जना गरेर हालसम्म १५६ जना नेपाली विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताए। तीमध्ये छात्रा २७ जना र छात्र १२९ जना रहेका छन्। वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका नेपाली विद्यार्थीहरू पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरी उपरीक्षक मिश्रले बताए।
वीरगन्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको प्रहरी उपरीक्षक मिश्रले बताए। मिश्रले भने,‘टाढा घर भएकाहरुलाई प्रहरीसमेतको सहयोगमा गाडी व्यवस्थापन गरेर गन्तव्यसम्म पठाइएको छ। केहीका भने आफन्त नै आएर साथमा लिएर गएका छन्।’nullओडिसाको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेल(छात्रावास) बाट निकालेपछि उनीहरू कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएका हुन्।
बुधबार वीरगन्जको इनर्वा नाका हुँदै घर आइपुगेका वीरगन्ज–१५ ब्रम्हचोकका छात्र पिन्टु यादवका अनुसार, केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। केआइआइटी कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शंकास्पद मृत्यु भएपछि घटनाको छानबिन हुनुपर्ने माग राखेर आन्दोलन गर्दा कलेज प्रशासनले आफूहरुमाथि गुण्डा लगाएर निर्घात कुटपिट गरेको बताए।
उनले भने,‘आन्दोलन गर्दा कुटपिट मात्र गरेन,राति होस्टेलमा कलेजले गुण्डाहरुलाई पठाएर सबै नेपाली विद्यार्थीहरुलाइ तत्काल कलेज र होस्टेल छाडेर जान धम्की दिन लगायो। ज्यान नै असुरक्षित भएपछि हामी रातारात कलेज छाडेर निस्कनु पर्यो।’ सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आँफुहरु कलेज नफर्किने उनले बताए। उनले भने,‘ कलेजमा नेपाली विद्यार्थीहरूमाथि जुन ज्यादती भयो त्यो सम्झिँदा त अब फर्केर जाने हिम्मत नै भइरहेको छैन। फेरि जाँदा कलेजले अहिलेकै रिस राखेर हामीलाई जेपनि गर्न सक्छ भन्ने डर छ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...