रुपन्देहीमा एक महिलाको शव फेला
काठमाडौं । रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनले भने‘टाउकोमा चोट देखिएको छ। टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्छ’। बिहीबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।
रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरी अनुसन्धान गरेको छ। सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार अनुहार नचिनेगरी मुखमा चोट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरै हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको आंकलन गरिएको छ।
Comments
अरु समाचार
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किने
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई मङ्गलबार साँझ...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
त्रिविका १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने
काठमाडौं । विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन...
-
मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने
काठमडौं । संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि...
-
आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...