पाथीभरा केबुलकार विवादः दोहोरो झपडमा १३ घाइते
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबिच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण अर्थात सवारी चालक घाइते भएका छन्। प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन्।
नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबुलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रण्मा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।
नो केबुलकार समूहको प्रदर्शन असमान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रमुख नेत्रप्रसाद शर्माको भनाइ छ। आन्दोलनरत पक्षले केबुलकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गर्दै निर्माणस्थलमै कोणसभा गरेका छन्। यता झडपमा परी घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
यस्तै पदयात्रा सुरु गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गर्नुभएको थियो। कोणसभालाई सम्बोधन गर्दै उहाँहरुले केबुलकार निर्माण गर्न नहुने भनाइ राख्नुभयो।
यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतका नेता सहभागी बन्नुभएको छ। केबुलकारको विरोध गर्दै आएको नो केबुलकार पक्षले मङ्गलबारदेखि बिहीबार तीन दिनसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबुलकारविरुद्ध पदयात्रा गरेका छन्।
Comments
अरु समाचार
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् ।...