प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५ गते देखि चैत १६ सम्म गते देखी लुम्बिनी प्रदेशको दाङमा रहेको लमही क्रिकेट मैदान, रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमामा रहेको एक्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने भएको हो ।
क्रिकेट एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँ बाहिर क्रिकेटका लागि भौतिक पूर्वाधारले सम्पन्न प्रदेशको रूपमा लुम्बिनी प्रदेश भएको कारणले गर्दा लुम्बिनी प्रदेश उपयुक्त रहेको जानकारी दिए । यस पटक चन्दले ७ प्रदेश र ३ विभागीय गरी जम्मा १० टिमको सहभागिता रहने जानकारी दिए । चन्दले भने, “रुपन्देही जिल्ला क्रिकेटको उर्वरा भूमिको रूपमा रहेको छ, यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल गराउने हाम्रो लक्ष रहेको छ, हामी त्यसका लागि पहल गरिरहेका छौ । १६ खेल रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला, १५ खेल एक्ट्राटेक ओभल र १४ खेल देउखुरी क्रिकेट स्टेडियम हुनेछ ।
त्यस्तै रुपन्देही क्रिकेट सङ्घको अध्यक्ष हरि बहादुर थापाले आगामी खेलका लागि मैदानको तयारी र पूर्वाधार निर्माणमा लागि परेको बताए। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब, ए पि अफ र आर्मी रहेका छन् । सिद्धार्थ क्रिकेट रङ्गशालामा कोशी र लुम्बिनी बिच हुनेछ त्यस्तै एक्ट्राटेक ओभलमा बाग्मती र ए पि अफ बिच हुनेछ भने लमहीमा कर्णाली र सुदूरपश्चिम बिच पहिलो खेल हुनेछ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि तीव्रताका साथ व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिए। रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा गत वर्ष प्रधानमन्त्री कपको आयोजना भएको थियो । लमही क्रिकेट मैदान र एक्ट्राटेक ओभलमा क्रिकेट स्टेडियममा भने पहिलो पटक हुन लागेको हो ।

Comments
अरु समाचार
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...
-
आजको राशिफल: २०८१ चैत ९ गते शनिवार
मेष: सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। काम...