ताजा समाचार

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं ।संघीय संसदका दुवै सदनको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ।

दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा सरकारले यसअघि ल्याएका अध्यादेश निर्णायार्थ पेश गरिने समावेश छैन। यसअघि बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेशलाई संसदबाट स्विकृतिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

राष्ट्रिय सभाबाट अध्यादेश स्विकृत हुने अवस्था सुनिश्चित नभईसकेकाले सरकारले अध्यादेश अघि बढाएको छैन। प्रतिनिधि सभा बैठकका लागि आइतबार तीनवटा कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/२०८० पेस गर्ने , गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभा बैठकका लागि दुइटा कार्यसूची तय भएको छ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org