फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी
काठमाडौं । ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जानकारी गराएको छ ।
आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधन सहिते को दफा ६ को उपदफा ३ क बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पुर्व–फुङलिङ नगरपालिका वार्ड नं। ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं. ७ घोडे चौर थलाङ धारा क्षेत्र सम्मे, उत्तर– फुङलिङ नगरपालिका वार्ड नं.४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं. ६ शेर्पा टोल भेटनरी कञ्चनजंघा टोले मा निषेध आदेश जारी गरिएको छ ।
यस्तै काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पुर्व – पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम – बल्लुडाँडा –डडेले इलाका, उत्तर – केबलकार बेस स्टेसन/पानीको मुहान इलाकाको सय मिटर पर र दक्षिण – नयाँ बसपार्क इलाकाको सय मिटर जङ्गल इलाका समेते मा निषेधाज्ञा जारी गरिएको छ ।
घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही समेत जानकारी गाइएको छ ।
ताप्लेजुङमा नो केबलकार पक्षधरले आन्दोलन गर्दै आइरहेका छ । सोही क्रममा पटक पटक प्रहरी र आन्दोलनरत पक्ष बिच झडप भइरहेको छ । शुक्रवार साँझ फुङलिङको बिरेन्द्रचोकमा भएको झडपमा प्रहरी सहित धेरै जना घाइते भएका छन् ।
Comments
अरु समाचार
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् ।...
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...