लोकतान्त्रिक पद्धतीबाट प्रधानमन्त्री बन्न पूर्वराजालाई गौतमको सुझाव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले राजनीतिक दलका नेताहरूले देशको समुचित विकास गर्न नसकेको गुनासो गर्दै पूर्वराजालाई नयाँ विकल्प अपनाउन आग्रह गरेका हुन्।
गौतमले भने, “राजनीतिक नेताहरू असफल भए भन्दै पुनः राजा बन्ने चाहनु उचित हुँदैन। बरु आफ्नो नेतृत्वमा प्रजातान्त्रिक राजनीतिक दल खोली निर्वाचन आयोगमा दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिनुस्। निर्वाचित भई संसदबाट प्रधानमन्त्री बनेर देशको समृद्धि कायम गर्नुस्।”
उनले राजा महेन्द्रको हत्या र राजा वीरेन्द्रको वंश विनाशमा राजपरिवारकै व्यक्तिहरू संलग्न भएको दाबी गर्दै, ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर नेपाललाई समृद्ध बनाउने जिम्मेवारी लिन चुनौती दिए।
गौतमका अनुसार राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शाहलाई सबै राजनीतिक दलले स्वीकार गरेका थिए । उनले भने “अब यदि देश परिवर्तन गर्न चाहनुहुन्छ भने लोकतान्त्रिक बाटो रोज्नुहोस्, संसदमार्फत प्रधानमन्त्री बन्नुस् र विकासको मार्ग प्रशस्त गर्नुस्।”
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ
काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ लिएका छन् । हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय...
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ। प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
३२ वटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत निर्वाचित
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध...
-
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना थाले
धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक प्रशासनका सबै कामकाज ठप्प पारेर लेखा समूहका कर्मचारी फेरि आन्दोलित भएका छन् । प्रदेश सरकारले...