ताजा समाचार

बीपी राजमार्ग तत्काल पुःन निर्माण गर्न सांसदको माग

काठमाडौं । बीपी राजमार्ग तत्काल पुःन निर्माणका लागि सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहाल (लेखनाथ)ले सरकार र संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

गत असोज ११ र १२ को अविरल वर्षाबाट सो राजमार्गको धेरै भाग क्षतिग्रस्त बनेको राजमार्ग अहिले अस्थायी रुपमा मर्मत गरेर संचालन भैरहेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि सांसद दाहालको प्रस्तावमा राजमार्गको काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ ।

सांसद दाहालले पनि सडक बिभागलाई यथाशीघ्र काम शुरु गर्न भनेका छन् । दाहाल गत असोजमा पनि क्षतिग्रस्त सडक मर्मतमा आफै प्रत्यक्ष रुपमा खटिएका थिए । उनले सरकारलाइ पनि सडक निर्माणको काम तत्काल शुरु गर्न दबाव दिदै आएका छन् ।

यस अघि पनि सांसद दाहालले भौतिक पूर्वाधार मन्त्रालय लगायत सम्बन्धित सरकारी निकायमा सो राजमार्ग निर्माणका लागि पटक–पटक अनुरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org