काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते
काठमाडौं । काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको बस बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।
मङ्गलबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक नालीमा पल्टिँदा १७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
२४ जना यात्रु बोकेर रामेछाप तर्फ जाँदै गरेको उक्त बसमा चालक र सहचालक सहित १८ जना घाइते भएको र घाइनेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नाम, थर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेमध्ये सात जनाको अवस्था मध्यम र ११ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दिनेश कुँवरले बताए । उनले घाइतेहरूको शरीरमा सामान्य चोटपटक मात्रै लागेको बताए । प्रहरीले राजमार्ग सुचारु रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












